Aamsanchar

इटहरी उपमहानगर बाट १० जना पत्रकारलाई फेलोशिप लेखनवृति प्रदान

Author Image
बुधवार, माघ २१, २०७७

इटहरी । इटहरी उपमहानगरले इटहरीका १० जना पत्रकारलाई फेलोशिप लेखनवृति प्रदान गरेको छ ।

नेपाल पत्रकार महासंघ सुनसरीको समन्वयमा १० जना पत्रकारलाई लेखनवृति वापतको रकम हस्तान्तरण गरिएको हो।

एक कार्यक्रमका विच इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले १८ हजारका दरले लेखनवृति प्रदान गर्नुभयो । १० जना पत्रकारले इटहरीको विकास गतिविधिका वारेमा खोज अनुसन्धान गरि फिचर तयार गर्नुभएको छ ।

लेखनवृति प्राप्त गरेका १० जना पत्रकार तथा अन्य १५ जना गरि २५ जना पत्रकारलाई दुईदिने फिचर लेखन तालिम समेत सम्पन्न गरिएको छ । इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले इटहरीका संचारमाध्यमले इटहरीको विकास निर्माण र सम्वृद्धिमा पुरयाएको सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभयो ।

उपप्रमुख लक्ष्मी गौतमले इटहरीका सवै सञ्चारमाध्यमको हितमा उपमहानगर लागि पर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । प्रमुख प्रशासकीय अघिकृत कृष्ण प्रसाद सापकोटाले पत्रकार महासंघ सँगको सहकार्यलाई निरन्तरता दिइने जनाउनुभयो ।

उपमहानगरका प्रेस संयोजक लिलाराज भटटराईले इटहरी उपमहानगरले पत्रकार महासंघलाई भवन निर्माणका लागि जग्गा प्रदान,पत्रकारहरुका लागि फेलोशिप,पुरस्कार,तालिम,सञ्चारमाध्यमहरुलाई रेडियो टेलिभिजन कार्यक्रम उत्पादनका लागि सहयोग गर्दै आएको वताउनुभयो ।

पत्रकार महासंघकी उपाध्यक्ष सुभद्रा प्याकुरेलले इटहरी उपमहानगरले मिडिया क्षेत्रमा गर्दै आएको सहयोगका लागि उपमहानगरलाई धन्यवाद ज्ञापन गर्नुभयो । अग्रज पत्रकार शालिग्राम पाण्डेले फिचर लेखन तालिम समेत सञ्चालन गरेर लेखनवृति प्रदान गरिनु सकारात्मक रहेको वताउनुभयो ।

लेखनवृति प्राप्त गरेका पत्रकार सन्तोष यादवले उपमहानगरले प्रदान गर्दै आएको लेखनवृतिका कारण पत्रकाहरु उत्साहित रहेको वताउनुभयो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 262

प्रतिक्रिया (०)

सम्बन्धित खबर