Aamsanchar

प्रचण्ड–माधव समूहको आम हड्ताल, प्रदेश १ को अवस्था

Author Image
बिहिवार, माघ २२, २०७७

झापाको विर्तामोडमा बन्दकर्ताहरुले रोकेको मालबहाक ट्रक ।

विर्तामोड ।  प्रदेश प्रहरी प्रमुख ईश्वरबाबु कार्कीका अनुसार लामो दूरीका सवारीसाधन सञ्चालन नभए पनि छोटो दूरीमा यातायात आवगमनमा बाधा छैन ।

मोरङ र झापामा टायर बाल्ने प्रयास भए पनि प्रहरीले तितरबितर पारेको कार्कीले बताए । ‘इलाममा ट्रकलाई ढुंगा हानिएको थियो यद्यपि, अहिले स्थिति शान्त छ’, प्रहरी नायब महानिरीक्षक (डीआईजी) कार्कीले भने ।

बिराटनगरस्थित  बिहीबार बिहानैदेखि प्रचण्ड(माधव समूहका नेता, कार्यकर्ता सडकमा निस्किएका छन् । सिटी सफारी जस्ता तीनपाङ्गे सवारीसाधनले सडकमा मानिसहरु गर्ने काम भई रहेको छ । प्रदेश १ मा मोटरसाइकल निर्वादरुपमा चलिरहेका छन् ।

धरानमा प्रदर्शनकारी र मजदुरबीच घम्साघम्सी भएको छ । बिहीबार बिहान भानु चोकमा मजदुर र बन्दकर्ताबीच घम्साघम्सी भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी कमल थापाका अनुसार हाल स्थिति नियन्त्रणमा आइसकेको छ । धरानमा सवारीसाधनमाथि ढुङ्गा प्रहर गरेको आरोपमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको उनले बताए ।

झापाको विर्तामोडमा यो समाचार तयार पर्दाको समयमा  बन्दकर्ताहरुले एक वटा कार तोडफोड गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 239

प्रतिक्रिया (०)

सम्बन्धित खबर