Aamsanchar

मोरङमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

Author Image
शनिवार, माघ २४, २०७७

विराटनगर – मोरङको सुन्दरहरैँचा नगरपालिका–७ मा ट्रकको ठक्करबाट शुक्रबार राति स्कुटर चालकको मृत्यु भएको छ। पश्चिमतर्फ जाँदै गरेको प्र २–०३–००१ ख १९७६ नम्बरको मिनी ट्रकले सडक पार गर्दै गरेको प्र १–०२–०४० प ७४६९ नम्बरको स्कुटरलाई राति ८ बजेतिर ठक्कर दिँदा दुर्घटना भएको थियो। दुर्घटनामा स्कुटर चालक सुन्दरहरैँचा–१० का ३५ वर्षीय अजय लिम्बूको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका लिम्बूको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा राति ९ बजेतिर मृत्यु भएको हो। ट्रक र चालक मोरङको बेलबारी नगरपालिका–७ का ३७ वर्षीय शिवराज दुलाललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिरहेको राईको भनाई छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर