Aamsanchar

भागरथी भट्टलाई न्याय दिन सरकार समक्ष राप्रपाको माग

Author Image
आइतवार, माघ २५, २०७७

कठमाडौं । बैतडी दोगडाकेदार गाउँपालिका वडा नं. ७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्याको विषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रिय सचिवालयले घटनाको सत्य तथ्य छानबिन गरि दोषी उपर कडा भन्दा कडा कारबाही गर्न सरकार समक्ष माग राखेको छ ।

देशमा पछिल्लो समय हत्या हिंसा र बलात्कारका घटना बढ्दै गएको भन्दै राप्रपाले प्रेस विज्ञप्ती मर्फत उक्त घटना रहस्यमय हुनु र अहिलेसम्म हत्यारा पत्ता नलाग्नुमा दुःख र निन्दा व्यक्त गरेको छ ।

तरल राजनीतिक अवस्थाका कारण अपराधका घटना बढ्दै जाँदा यसले राज्यको सुरक्षा प्रणालीमाथि नै गम्भिर प्रश्न उब्जिएको राप्रपाले ठहर गरेको छ ।
बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तको वर्षौंसम्म पनि हत्यारा पत्ता लाग्न नसकिरहेको दुःखदायी अवस्थामा बैतडी १७ वर्षीया किशोरी भागरथी भट्टको उही प्रकृतिको रहस्यमय हत्या हुनु र अहिलेसम्म हत्यारा पत्ता नलाग्नुले नागरिक ससंकित बनिरहेको अबस्थामा घटनाको अनुसन्धान चुस्त दुरुस्त र छिटो गर्न सरकारसँग राप्रपाले जोडदार माग गरेको छ ।

सचिवालयका प्रमुखहरु भास्कर भद्रा र ध्रुब प्रधानको हस्ताक्षर रहेको  विज्ञप्तीमा स्व.भट्टको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना  व्यक्त गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 233

प्रतिक्रिया (०)

सम्बन्धित खबर