Aamsanchar

चार भन्दा बढी सन्तान सेनामा सेवा गरिरहेका परिवारको मुख्य मानिसलाई सम्मान गरिँदै

Author Image
सोमवार, माघ २६, २०७७

काठमाडौं – नेपाली सेनाले गण्डकी प्रदेशमा रहेका चार भन्दा बढी सन्तान सेनामा सेवा गरिरहेका परिवारको मुख्य मानिसलाई सम्मान गर्ने भएको छ। भूतपूर्व सैनिक सम्मेलनका अवसरमा आगामी बुधबार सेनाले उनीहरूलाई सम्मान गर्न लागेको हो। हालसम्म सेनामा ४ सन्तान सेवारत ६ परिवारले दर्ता गराएका छन्। अहिलेसम्म ४ सयभन्दा बढी परिवारले दर्ता गराइसकेका छन्।

सम्बन्धित प्रदेशबाट पेन्सन थापिरहेका परिवारका व्यक्तिहरूलाई विभिन्न विधामा सम्मान गर्न लागेको हो। चारभन्दा बढी सन्तान सेनामा रहेका परिवार, एकल महिला र ज्येष्ठ नागरिकलाई सम्मान गर्न लागेको सेनाका प्रवक्ता सन्तोष वल्लभ पौडेलले जानकारी दिए। गोरखाकी ९८ वर्षीय एकल महिला नरकुमारी थापामगर र ज्येष्ठ भुपू सैनिक बाग्लुङका मनी राज थापा सम्मानित हुने भएका छन्।

गण्डकी प्रदेश सबैभन्दा बढी भुपू सैनिक रहेको क्षेत्र हो। सेनाले प्रत्येक प्रधानसेनापतिको कार्यकालमा एकपटक भुपू सैनिक सम्मेलन गर्दै आएको छ। सम्मेलनका क्रममा हिताधिकारीले दिएका राय सुझावका आधारमा सेनाले उनीहरूको जीवनस्तर उकास्न शिक्षा, स्वास्थ्य, सीप र स्वरोजगार, सुविधा र सहुलियतका कार्यक्रमलाई सञ्चालन गर्दै आएको छ।

मुलुकको पश्चिम क्षेत्र हुँदै अघि बढिरहेको भुपू सम्मेलन गत वर्षको फागुनमा कोभिड–१९ को सङ्क्रमणको जोखिम बढेसँगै स्थगित भएकामा पुनः बुधबार पोखराबाट शुरू हुँदैछ। यस पटकको मुख्य शिविर पश्चिम पृतनामा हुनेछ भने हिताधिकारीको सुविधालाई ध्यानमा राखी मातहतका जिल्लामा सहायक शिविर सञ्चालन हुने प्रवक्ता पौडेलले जानकारी दिए।

सम्मेलनका क्रममा हिताधिकारीको गुनासो सैनिक नेतृत्वले सुन्नेछ भने उनीहरूको स्वास्थ्य उपचारका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिँदैछ। कोरोनाका कारण यस पटकको सम्मेलनमा हिताधिकारीको समावेशी प्रतिनिधिमूलक सहभागिता हुनेछ । हाल मुलुकभर भुपू सैनिक र पारिवारिक निवृत्ति भरणमा रहेका एकल महिला समेतको सङ्ख्या ८५ हजारको हाराहारीमा छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 205

प्रतिक्रिया (०)

सम्बन्धित खबर