Aamsanchar

सुवारेजले तोडे क्रिस्टियानो रोनाल्डोको कीर्तिमान

Author Image
मङ्गलवार, माघ २७, २०७७

एथ्लेटिको म्याड्रिडमा लुइस सुवारेजको उत्कृष्ट प्रदर्शन जारी रहेको छ । सोमबार उनले सेल्टाभिगोविरुद्ध गोल गर्दै क्रिस्टियानो रोनाल्डोले बनाएको कीर्तिमानसमेत तोडेका छन् ।

वान्डा मेट्रोपोलिटानो स्टेडियममा खेलिएको खेलमा उरुग्वेका स्ट्राइकरले पहिलो हाफको अन्त्यतिर गोल गर्दै एथ्लेटिकोलाई बराबरी गर्न मद्दत गरेका थिए । सान्टी मिनाको गोलले पाहुना टोलीले खेलको १३ औँ मिनेटमा नै अग्रता लिएको थियो ।

३४ वर्षीय खेलाडीले दोस्रो हाफमा पुनः गोल गर्दै एथ्लेटिकोलाई अग्रता दिलाएका थिए । बार्सिलोनाबाट आएयता लुइस सुवारेजले डिएगो सिमिओनीको टोलीका लागि मात्र १७ खेलमा १६ गोल गरेका छन् । योसँगै २१ औँ शताब्दीमा स्पेनको शीर्ष लिगमा कुनै क्लबका लागि शुरुवाती १७ खेलमा १६ गोल गर्ने उनी पहिलो खेलाडी बनेका छन् । यसअघि सन् २००९ मा म्यान्चेस्टर युनाइटेडबाट रियल आएपछि क्रिस्टियानो रोनाल्डोले १७ खेलमा १५ गोल गरेका थिए ।

सोमबारको बराबरी८पछि एथ्लेटिकोले बार्सिलोना र रियल म्याड्रिडसँग शीर्ष स्थानमा ८ अंकको दुरी बनाउन सफल भएको छ । सिमिओनीको टोलीले अझै एक खेल कम खेलेको छ ।

एथ्लेटिकोको उत्कृष्ट प्रदर्शनमा सुवारेजको भूमिका महत्त्पूर्ण रहेको छ । उनले लियोनेल मेस्सीभन्दा पनि ३ गोल बढी गरेका छन् ।

बार्सिलोनाले लुइस सुवारेजलाई टोलीबाट जान दिनु ठूलो गल्ती भएको समीक्षकहरुले बताइरहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 210

प्रतिक्रिया (०)

सम्बन्धित खबर