Aamsanchar

मोरङमा ट्रयाक्टर दुर्घटना हुँदा एक को मृत्यु

Author Image
शुक्रवार, माघ ३०, २०७७

विराटनगर । प्रदेश नं. १ को मोरङ र सुनसरीमा शुक्रबार बिहान र बिहीबार राति सवारी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । एक जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो । मोरङको सुनवर्षी नगरपालिका–४ स्थित बटरबारी सडक खण्डमा बिहीबार राति भएको ट्याक्टर दुघटनामा परेर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टर चालक सुनवर्षी–४ का २३ वर्षीय मिथिलेश यादव रहेका छन् । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा रंगेली अस्पतालमा राति १०ः३० बजेतिर ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ त ३६७० नम्बरको खाली ट्याक्टर आफै अनियन्त्रित भएर दुर्घटनामा परेको हो । दुर्घटनामा परेको ट्याक्टरले चालक यादवलाई किचेर गम्भीर घाइते बनाएको थियो । प्रहरीले तीव्र गतिका कारण ट्याक्टर दुर्घटनामा परेको जनाएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 150

प्रतिक्रिया (०)

सम्बन्धित खबर