Aamsanchar
Adv top
Adv below_nav

टेलिफिल्म खै के खै के मा पत्रकार पौडेलको इन्ट्रि


मेचीनगर । नेपाली टेलिफिल्म खै के खै के मा झापाली पत्रकार प्रकाश पौडेलको इन्ट्रि भएको छ । ‘खै के खै के’ को २१ औं भागबाट पत्रकार पौडेलको इन्ट्रि भएको हो । ‘भ्यालेनटाइन स्पेसन ऐपिसोट’ का रुपमा यो भाग निकै उत्कृष्ठ बनाउन खोजिएको छ । जसमा पत्रकार पौडेलको अभिनयले प्रमुख भुमिका खेलेको छ ।

पछिल्लो समय बाआमालाई छोरा छोरीले गर्ने व्यवहार कस्तो छ भन्ने कुरा यो भागमा देखाउन खोजिएको छ । टेलिफिल्ममा पत्रकार पौडेलले उनकी आमालाई आफूले घरमा राख्न नसक्ने भन्दै बृद्धआश्रममा लगेको र पछि उनलाई ‘भ्यालेनटाइन गिफट’को रुपमा नातीले घरमा ल्याएको दृश्यले दर्शकलाई सेन्टिमेन्टल बनाएको छ । छोराको भुमिकामा देखिएका पौडेलले आमासँग माफी मागेर आफुबाट गल्ति भएको महसुुस गरेको देखाउन खोजिएको छ । खबरमञ्च साप्ताहिकका सम्पादकसमेत रहेका पोडैलको अभिनयले सबैको मन जितेको छ ।

हरेक शुक्रवार यूटुव मार्फत प्रसारित हुने ‘खै के खै के’ पछिल्लो समय लोकप्रिय बन्दै गएको छ । त्रिकोण क्रयू मिडिया मार्फत प्रसारण हुदै आएको टेलिफिल्म खै के खै के लाई झापा भद्रपुरका कृण्ण अनमोलले निर्देशन गरेका हुन । झापा भद्रपुर नगरपालिका–९ निवासी कृष्ण अनमोलले गाउँघरमै भइरहेका समसामयिक घटना र कोरोनालाई विषयवस्तु बनाएर टेलिफल्मको निर्माण गरेका छन् ।

निर्देशक अनमोलका अनुसार ‘खै के खै के’मा पत्रकार प्रकाश पौडेलसँगै प्रसिद्ध गायक श्रीकृष्ण लुइँटेल, प्रसिद्ध अभिनेता सुभाष मेचे, विपीन प्रसाईँ, विमला चिमरिया, भुपाल परियार, मधु न्यौपानेलगायतको अभिनय रहेको छ । यसमा अशोक थापाको संगीत, स्वर श्रीकृष्ण लुइँटेल, शृङ्गार कृष्ण सुवेदी र क्यामेरा ज्ञानेन्द्र कोइरालाको रहेको छ ।

 

लाईक गर्नुहोस् ।
प्रतिकृया व्यक्त गर्नुहोस् ।