Aamsanchar

मोटरसाईकल दुर्घटनामा परी ग्लोबल आइएमइ बैंक फिक्कलका शाखा प्रमुखको मृत्यु

Author Image
शनिवार, फागुन ८, २०७७

विर्तामोड  । झापाको मेचीनगर –१३ स्थित चारआलीमा  भएको सवारी दुर्घटनामा परी ग्लोबल आइएमइ बैंक फिक्कलका शाखा प्रमुख अनन्त आचार्यको मृत्यु भएको छ ।

शुक्रबार मे११प ४४७८ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको मे११प ११३१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा उनी गम्भीर घाइते भएका थिए ।

घाइते आचार्यको विर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचारकै क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी मे ११ प ११३१ नम्बरको मोटरसाइकलमा सवार दुई जना घाइते भई उपचार भइरहेको छ । दुवै मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेका छन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 52

प्रतिक्रिया (०)

सम्बन्धित खबर