Aamsanchar

फरक शैलीको राजनीति

Author Image
बिहिवार, फागुन १३, २०७७

राष्ट्रका लागि जनता नै जनार्दन हुन भनेर हामिले सुन्दै आएका छौ , जनता आवस्यकता र प्रमुख हुन तर देखिएको बुझिएको भाषा मा भन्दा जनमत कै आधारमा राज्य को नीतिहरु तयार गरिन्छ त्यही कुर्सीमा पुर्याउने खेलका खेलाडी भएकाले यस्तो भनेको बुझिदैछ ।

तर असल कुरा अर्कै नै छ , यहाँ बाहिरी शक्ति शक्तिशाली छन , र चाहे त्यहाँ जो पुगे पनि सिस्टम अन्तर्गत संस्थागत भ्रष्टाचारको पाटो बनेर बस्नै पर्ने बाध्यता छ । यस्को कारणहरु आक्रोशित जनता , नोट मा भोट वाला जनता  र भावनात्मक जनता हुन् । राजनीतिमा अघि बढ्न आफू भन्दा माथिल्लो नेताको चाप्लुसी नगरी सम्भव छैन भन्ने कुरा प्रष्ट देखिन्दै छ आज को समयमा, समय , जनता र अहिलेका सबै माहोल नै हुँन यस्का दोषीहरु तर अबको युवा पुस्तालाई परिवर्तनको आवस्यकता छ जस्तो लाग्छ मलाई ।

निकै पहिलै बाट मेरो मान्यता, जब कार्यकर्ता हुन्छन अनि मात्र नेता हुन्छन मा पुर्ण छ । तर ठिक उल्टो छ यहाँ, नेता भयेपछी उस्को पछि लाग्ने कार्यकर्ता धेरै भये । त्यो नेता चाहे सहि होस या गलत, उस्ले भनेको मान्नै पर्ने नत्र भविस्य अन्योल को धम्की खेप्नु पर्ने र भोग्नै पर्ने अवस्था पनि छ । कारण मानव प्रवृत्ति, पद लिप्ता ।

अब पनि आजको युवा पुस्तालाई बिकास को निकास , परिवर्तनको लडाईबाट बञ्चित गराइएको र नेताको पछि लाग्ने बनाइएको देखिदैछ । उचित शिक्षा र समज बिना कोहि आफ्नो फाइदा हेरेर आफ्नो नेता चुनिरहेको देखिदैछ र त्यो भावना पैदा गरिदिने मास मिडिया कन्भिन्स मार्फत बिदेशी शक्ति ।

हामीले गर्ने राजनीति थोरै फरक बनाउने प्रयासमा छौ , हामी ठाउँ, थलो र आस्था परिवर्तन गरेर बिकास को आस राख्दैनौ । यदि राख्ने हो भने सायद यो तीन कुरा खोज्दा खोज्दै खरानी भईन्छ । तसर्थ यो घोषणा, नेता पनि परिवर्तन नगर्ने , थलो पनि परिवर्तन नगर्ने, आस्था र सिधान्त पनि उहीँ रहनेछ तर अबको हाम्रो राजनीतिको मुल आधार नेतालाई सहि कुरामा मात्र समर्थन गर्ने र गलतमा खबरदारी गर्ने रहनेछ ।
उदाहरण (एक जना नेता का २५ कार्यकर्ता छन, तिनै कार्यकर्ता हुन जस्को दम लिएर त्यो नेता आफ्नो अडानमा अघि बडिरहेको हुन्छ । घमण्ड गरेर यदि उस्ले कुनै राष्ट्रका लागि गलत निर्णय लिन्छ भने कार्यकर्ताले साथ छाड्ने अनि यस बिषयमा समर्थन नगर्ने भनेर अडान लिन्छन । नेता ब्याक हुनु पर्छ । खासै सम्भव छैन मानवको लोभ र लालचका कारण तर प्रयास भने अवस्य सबैले गर्नै पर्छ । असम्भव केही छैन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 342

प्रतिक्रिया (०)

सम्बन्धित खबर