Aamsanchar

अध्यक्ष कप फुटबल प्रतियोगितामा दमकलाई २-० ले हराउँदै जलथल सेमी फाइनलमा प्रबेश

Author Image
बिहिवार, फागुन १३, २०७७

मदरगाछ । दिप ज्योती युवा क्लब झापा गाउँपालिका-७ को आयोजनामा जनकल्याण माविको खेल मैदानमा जारी अध्यक्ष कप फुटबल प्रतियोगिताको आज भएको खेलमा जलथल एफसीले जित हासिल गरेको छ।दमक फुटबल एकेडेमीको टिमलाई २-० को गोल अन्तरले हराउदै जलथल बिजयी बनेको हो।

प्रतियोगिताको ९ र ३५ मिनेटमा जलथलका तर्फबाट जर्सी नम्बर १३ का सुनिल खड्काले २ गोल लगाउदै आफ्नो टिमलाई अग्रता दिलाएका थिए।उनको अग्रतानै निर्णायक बनेको छ।यो संगै जलथल र श्रीनयाँ नाथ गण चारआली बिच सेमीफाइनल खेल हुने पक्का भएको छ।आजका म्यान अफ दी म्याच जलथलका सुनिल खड्का नै भएका छन।उनले १ हजार नगद सहिद ट्रफी र प्रमाण पत्र पाएका छ।यस्तै भोलि समूह ‘बीू’ अन्तर्गत झापा एफ सी राजगढ र दमक ब्रदर्स युनाईटेड चन्द्रगढी बिच प्रतिषपर्धा हुने आयोजकले जनाएको छ।

प्रतियोगितामा विजेता टिमलाई १ लाख १ हजार १११ र उपबिजेता हुने टिमलाई ५१ हजार १११ साथमा ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक नेत्रप्रसाद सिटौलाले जानकारी दिनुभयो। प्रतियोगितामा बेस्ट डिफेन्स,बेस्ट किपर,बेस्ट प्लेयर,उदयीमान खेलाडी र हाई स्कोररले समेत नगद सहित मेडल पाउने भएका छन।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 254

प्रतिक्रिया (०)

सम्बन्धित खबर