Aamsanchar

एकै दिन चार बालिकालाई बलात्कार गरेको आरोपमा एक किशोर पक्राउ

Author Image
शुक्रवार, फागुन १४, २०७७

प्रतिकात्मक फायल तस्वीर

काठमाडौं । चार बालिकालाई बलात्कार गरेको आरोपमा एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ । बर्दियाको १४ वर्षीय किशोरले बाँसगढी नगरपालिकामा एकै दिन चार बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको हो ।

ती किशोरबाट भाँडाकुटी खेलिरहेका ८, ६ र ५र५ वर्षका नाबालिका बलात्कृत भएको पीडित पक्षले बताएको छ ।

आरोपित किशोर बर्दियाकै बारबर्दिया नगरपालिकाबाट बाँसगढीमा आफन्तकहाँ पाहुना आएका थिए । उनले कसैलाई नभन्न धम्की दिएपछि बालिकाहरूले घटना लुकाएका थिए ।

तर, घटनाबाट जोगिएकी एक बालिकाले अभिभावकलाई सबै कुरा बताएपछि वास्तविकता बाहिरिएको हो । उनीहरू फागुन ५ गते विद्यालयबाट फर्किएर खेलिरहेका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 165

प्रतिक्रिया (०)

सम्बन्धित खबर