Aamsanchar

बिर्तामोड उद्योग बाणिज्य संघको चुनावमा ६ सय ९० मत खसेन, आज ९ बजे देखि मत गणना सुरु हुने

Author Image
आइतवार, फागुन १६, २०७७

बिर्तामाड । झापाको बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचन सप्पन्न भएको छ। निर्वाचनमा दुईवटा प्यानलबाट उम्मेदवारहरुले उम्मेदवारी दिएका थिए । नेपाली कांग्रेस समर्थक व्यवसायीहरुको लोकतान्त्रिक प्यानल र नेकपा–राप्रपा गठबन्धनको सुवास भट्टराई नेतृत्वको संयुक्त प्यानल चुनाबी मैदानमा थिए ।

बिहान ८ बजे देखि बेलुका ५ बजे सम्म विर्तामोडको अग्रशेन भवनमा भएको चुनावमा कुल मतदाता संख्या को ८४.८० प्रतिशत अर्थात ३ हजार ८ सय ४९ फर्मबाट मत खसेको  छ जसमध्ये ६ सय ९० जना मतदाता निर्वाचनमा सहभागी नभएको प्रमुख निर्वाचन अधिकृत शेखर ढकालले जानकारी दिए ।  आजै बेलुकी ९ बजे पछि मतगणना शुरु गरिने समेत जनाईएको छ। मतपरिणाम बिहान सम्म प्रकाशन गरिने बताइएको छ। कुल मतदाता ४ हजार ५ सय ५० रहेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 245

प्रतिक्रिया (०)

सम्बन्धित खबर