Aamsanchar

मेनमारमा आन्दोलनले उग्ररुप लिदै, कम्तीमा ३८ जना नागरिक मारिए

Author Image
बिहिवार, फागुन २०, २०७७

निर्वाचित सत्ता हत्याएर शासन आफ्नो हातमा लिएका सैनिक शासकविरुद्ध प्रदर्शनमा उत्रिएका नागरिकहरुमा कम्तीमा ३८ जनाको हत्या भएको छ ।

बुधबार प्रदर्शनमा सहभागी भएका ३८ जनाको ज्यान गएको हो । फेब्रुअरी १ मा आङ साङ सुकीसहितका नेतालाई नियन्त्रणमा लिएर सेनाले सत्ता हत्याएपछि हुँदै आएको प्रदर्शनको क्रममा बुधबार सबैभन्दा धेरै व्यक्तिको ज्यान गएको हो ।

प्रदर्शनकारीमाथि भएको ज्यादती तथा बल प्रयोगलाई संयुक्त राष्ट्रसंघले निन्दा गर्दै बुधबारको दिन रक्तपातपूर्ण रहेको उल्लेख गरेको छ । म्यानमारका लागि संयुक्त राष्ट्रसंघीय दूत क्रिष्टिन श्रेनर बर्गनरले ज्यादतीका गम्भीर भिडियोहरु आइरहेको बताएकी छन् ।

सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि रबर र लाइभ बुलेट प्रहार गरेको प्रत्यक्षदर्शीले बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । म्यानमारभर सैनिक शासकविरुद्ध प्रदर्शन तथा अवज्ञाहरु भइरहेका छन् । प्रदर्शनमा सर्वसाधारण, पेशाकर्मी तथा भिक्षुहरु पनि सहभागी भएका छन् ।

प्रदर्शनकारीले सैनिक शासन अन्त्य हुनु पर्ने र सुकीसहितका निर्वाचित नेताहरुलाई रिहा गरिनु पर्ने माग गरेका छन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 241

प्रतिक्रिया (०)

सम्बन्धित खबर