Aamsanchar

प्रधानमन्त्री ओलीले भन्नुभयो ‘आजको दिन लड्डु खाने किसिमको खुशी भयो’

Author Image
शनिवार, फागुन २२, २०७७

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीको पानी काठमाण्डौमा ल्याउने काम नेपालका लागि नयाँ सिकाइ र महत्वपूर्ण काम भएको बताउनुभएको छ । मेलम्ची खोलाको पानी काठमाण्डौको वाग्मती नदीमा बगाउने कामको उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले नेपालमा नयाँ प्रविधिको प्रयोग गरी एक ठाउँको पानी अर्को ठाउँमा पुर्याउने काम भएको बताउनुभयो ।

आफ्नो सबै कपाल कालै हुँदा सुरु भएको योजना आफ्नो सबै कपाल सेतै भएपछि आइपुगेको भन्दै उहाँले लामो समयमा हुन नसकेको काम आफू नेतृत्वको सरकारले गरेको बताउनुभयो । उहाँले कोशीमा बग्ने पानी वाग्मतीमा बग्न थालेको र यो पानी उपत्यकाबासीलाई दिएको भन्दै मेलम्ची प्रभावित क्षेत्रका बासिन्दालाई धन्यवाद दिनुभयो । 

‘यो लड्डु खाने खुशी हो’

प्रधानमन्त्री ओलीले आजको दिन लड्डु खाने किसिमको खुशी भएको बताउनुभयो । काठमाण्डौका बासिन्दाले मेलम्ची खोलाको पानी पिउन पाउने कुराको ग्यारेण्टी भएको दिन भन्दै उहाँले अब काठमाण्डौबासीले केही समयभित्रै मेलम्चीको पानी प्रयोग गर्न पाउने बताउनुभयो । उहाँले आगामी शिवरात्रिसम्म वाग्मतीमा सफा पानी बग्ने पनि बताउनुभयो । 

यस्तै उहाँले केही परीक्षण सम्पन्न गरेर चाँडै काठमाण्डौ उपत्यकामा मेलम्चीको पानी वितरण गर्ने बताउनुभयो । पानी काठमाण्डौ ल्याउने तथा वितरणको क्रममा कुनै दुर्घटना हुन नदिइ काम गरेर केही समयमै पानी वितरण हुने उहाँको भनाइ छ । त्यसपछि काठमाण्डौबासीले पानीको हाहाकार भोग्नु नपर्ने पनि प्रधानमन्त्री ओलीले बताउनुभयो ।  प्रधानमन्त्री ओलीले आफूहरुले काममा मात्रै ध्यान दिएकोले अहिलेसम्मकै धेरै उपलब्धीहरु प्राप्त भएको बताउनुभयो । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 104

प्रतिक्रिया (०)

सम्बन्धित खबर