Aamsanchar

जीप दुर्घटना हुँदा चालक सहित ३ जनाको घटनास्थलमा नै मृत्यु

Author Image
शनिवार, फागुन २२, २०७७

काठमाडौं- दार्चुलामा जीप दुर्घटना हुँदा चालक सहित तीन जनाको मृत्यु भएको छ। शनिबार बेलुकी सवा ५ बजेतिर शैल्यशिखर नगरपालिका–८ अमतोलीबाट लेकम गाउँपालिका–४ रिठाचौपातातर्फ जाँदै गरेको ग ३ च १६९३ नम्बरको को जीप दुर्घटना भएको हो।

जीप लेकम गाउँपालिका–६ स्थित उचकोट भन्ने स्थानमा कच्ची सडकखण्डबाट अन्दाजी १०० मिटर तल खस्न गई दुर्घटना भएको प्रहरीले जनाएको छ। जीपमा सवार–७ जनामध्ये ३ जनाको घटनास्थलमा नै मृत्यु भएको र ४ जना घाइते भएको प्रदेश प्रहरी कार्यालय दिपायलका प्रवक्ता तथा वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए।

सिंहका अनुसार मृत्यु हुनेमा जीप चालक चालक ३८ वर्षीय करन नाथ, शैल्यशिखर नगरपालिका–८ की ७० वर्षीया सुनादेवी पन्त र सोही ठाउँका ४० वर्षीय पदमराज पन्त छन्। घाइते हुनेमा शैल्यशिखर नगरपालिका–८ का ७२ वर्षीय बुद्धि बल्लभ पन्त, पदम राज पन्तका छोराहरु वर्ष १२ का मुकेश पन्त र ७ वर्षीय बसन्त पन्त र ७० वर्षीय गंगादेवी पन्त रहेका छन्। घाइतेहरूलाई उपचारका लागि गोकुलेश्वर अस्पताल पठाएको सिंहले जानकारी दिए। घाइतेको अवस्था गम्भीर रहेको पनि सिंहले जानकारी दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 117

प्रतिक्रिया (०)

सम्बन्धित खबर