Aamsanchar

विप्लव नेतृत्वको नेकपाका नेता बास्तोलाले भन्नुभयो ‘हामीसँग हतियार छैन’

Author Image
शनिवार, फागुन २२, २०७७

काठमाण्डौ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले आफ्नो पार्टीसँग हतियार नभएको दाबी गर्नुभएको छ । आज रिपोर्टस् क्लब नेपालले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले आफूले सशस्त्र विद्रोह नभएर एकीकृत जनक्रान्ति गरेको बताउनुभयो ।

‘हाम्रो पार्टीले हतियार लिएर लड्ने सशस्त्र युद्ध गरेको होइन’, उहाँले भन्नुभयो, ‘हामीसँग हतियार छैन । हामीले गरेको एकीकृत जनक्रान्ति हो । रेभोलुसन भनेको वार होइन, यो निरन्तर प्रक्रिया हो ।’ यस्तै उहाँले देशको समस्या हल गर्नको लागि मुख्य मुख्य विषयमा जनमतसंग्रह गरिनुपर्ने आफ्नो पार्टीको एजेण्डा रहेको पनि बताउनुभयो । तर जनमतसंग्रह के के विषयमा गर्ने भनेर अहिले नै भन्न सम्भव नभएको उहाँको भनाइ छ ।

यस्तै दुई तिहाइ बुहमत भएको सरकार भएर पनि जनताको अवस्थामा केही सुधार नभएको पनि उहाँले बताउनुभयो ।

‘दुई तिहाइ बुहमत गरेको सरकार छ । तर, स्थिति झगडा गर्नुपर्ने छ, अनि देश कसरी बन्छ ?’, उहाँले भन्नुभयो, ‘गरिब जनताको अवस्था जस्तो पहिले थियो, अहिले पनि त्यस्तै छ, ठोस प्रकारको आर्थिक नीति आवश्यक छ ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 120

प्रतिक्रिया (०)

सम्बन्धित खबर