Aamsanchar

१ सय रुपैंया घुस दिन खोज्ने ट्रक चालक पक्राउ

Author Image
आइतवार, फागुन २३, २०७७

चितवन- चितवनमा प्रहरीलाई घुस दिन खोज्ने ट्रक चालक पक्राउ परेका छन । पक्राउ पर्नेमा नवलपुर बुलिङटार गाउँपालिका–२ देउरालीका ३२ वर्षीय भरत लुङ्गेली रहेका छन् । शनिबार गरिएको जाँचका क्रममा भरतपुर महानगरपालिका–३ पुल्चोकमा प्रहरी हवल्दार हरिबहादुर घर्तीमगरलाई ना३ख २३२२ नंको ट्रक चालक लुङ्गेलीले घुस दिन खोजेका थिए ।

चितवन राइसमिल समितिको चलानी पत्रभित्र रु १०० घुस राखेर दिन खोज्दा घर्तीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । चालकले साथमा सवारी चालक अनुमतिपत्र नरहेकाले मिलाइदिनुपर्यो भन्दै घुस दिएका थिए । थप अनुसन्धान भइरहेको र आवश्यक कारवाही गरिने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 133

प्रतिक्रिया (०)

सम्बन्धित खबर