Aamsanchar

चीनबाट २० टन युरिया मल आयात

Author Image
सोमवार, फागुन २४, २०७७

काठमाण्डौ – चीनबाट युरिया मल आयात भएको छ । साल्ट ट्रेडिङ कर्पोरेशनले पहिलो पटक चीनबाट झिकाएको २० टन युरिया मल तातोपानी नाका हुँदै नेपाल भित्रिएको हो । दुई कन्टेनरबाट ४०० बोरा अर्थात् २० टन युरिया मल भन्सार यार्डमा भित्रिएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत गणेशप्रसाद पौडेलले बताउनुभयो ।

सरकारको अनुमतिबाट चीनबाट चार हजार मेट्रिकटन युरिया मल खरीद गर्न ११ नोभेम्बर २०२० मा बोलपत्र आह्वान गरिएकामा ४०० बोरा आयात गरिएको साल्ट ट्रेडिङ कर्पोरेशनका सहायक महाप्रबन्धक पङ्कज जोशीले जानकारी दिनुभयो । झिकाइएको मल क्रमशः आउँदै गरेको र एक हजार २०० मेट्रिकटन काभ्रेको बनेपा, दुई हजार मेट्रिकटन काठमाण्डौ, ८०० मेट्रिकटन नुवाकोट जिल्लाबाट पहाडी जिल्लामा वितरण गरिने पनि उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 97

प्रतिक्रिया (०)

सम्बन्धित खबर