Aamsanchar

सहारा अटोमोवाइल्सको चौंथो साधारणसभामै ११ थान ठुला मालबहाक गाडी बिक्री

Author Image
सोमवार, फागुन २४, २०७७

चारपाने । झापाको विर्तामोड–२, चारपानेमा रहेको सहारा अटोमोवाइल्स एण्ड कम्पनी प्रा.लिको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

सोमबार चारपाने स्थित अशोक लिलेण्ड गाडीको सोरुम परिसरमा प्रा.लि का अध्यक्ष महेन्द्रकुमार गिरीको अध्यक्षता र संविधानसभा सदस्य हरिकुमार राजवंशीको प्रमुख आतिथ्यतामा चौंथो बार्षिक साधारणसभा सम्पन्न भएको हो ।

१११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजना गरिएको साधारणसभामा ११ थान मालबहाक सवारी साधान पनि सहारा अटोमोवाइल्सले बिक्री गरेको छ ।

झापाको धुलाबारी स्थित निर्जा लोजिस्ष्टि प्रा.लि ले १० थान १० चक्के टिपर र धाईजन स्थित सूर्य एग्रोले एक थान ट्रक खरिद गरेको सहारा अटोमोवाइल्सका मेनेजर अनिल पौडेलले जानकारी दिए ।

कार्यक्रममा कम्पनीका महिला शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो ।

चौंथो साधारणसभामा प्रमुख अतिथि राजवंशी, सहारा नेपाल साकोसका उपाध्यक्ष उपेन्द्र ओली, उपनिर्देशक लक्षमण खतिवडा लगायतले सम्वोधन गरेका थिए ।

बार्षिक प्रतिवेदन सहारा अटोमोवाइल्सका प्रवन्धक निर्देशक ओमप्रकास विमलीले प्रस्तुत गरेका थिए, त्यसैगरी स्वागत जेनरल मेनेजर राजकुमार गौतमले गरेका थिए भने कार्यक्रमको संचालन शुक्र तामाङले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 299

प्रतिक्रिया (०)

सम्बन्धित खबर