Aamsanchar

भागरथीको बलात्कारपछि हत्या अभियोगमा पक्राउ परेका दिनेशलाई बाल सुधारगृहमा पठाउने आदेश

Author Image
बुधवार, फागुन २६, २०७७

काठमाडौं –जिल्ला अदालत बैतडीले जिल्लाको दोगडाकेदार गाउँपालिका–७ की भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका दिनेश भट्टलाई बाल सुधारगृहमा पठाउने आदेश दिएको छ । जिल्ला न्यायाधीश तिलक बहादुर कार्कीको इजलासले १८ वर्ष नपुगेका कारण भट्टलाई पुर्पक्षका लागि बाल सुधारगृहमा राख्न आदेश दिएको हो । मंगलबार भएको थुनछेक बहसपछि अदालतले उनलाई डोटी स्थित बाल सुधारगृहमा पठाउन आदेश दिएको छ । ।

गत माघ २१ गते विद्यालयबाट फर्कने क्रममा भट्टको हत्या गरेको अभियोगमा प्रहरीले फागुन ४ गते दिनेशलाई पक्राउ गरेको थियो। उनले बयानका क्रममा आफूले पुरानो रिसिबीका कारण हत्या गरेको स्वीकार गरेका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 54

प्रतिक्रिया (०)

सम्बन्धित खबर