Aamsanchar

झापामा विशाल शिव प्रतिमा अनावरण

Author Image
बिहिवार, फागुन २७, २०७७

चारपाने । झापामा पूर्वी नेपालकै सबैभन्दा ठूलो आकर्षक शिव प्रतिमा अनावरण गरिएको छ । बिर्तामोड नगरपालिका–१ स्थित देवी पञ्चकन्यामा स्थापना गरिएको उत्कृष्ट र भव्य शिव प्रतिमाको प्रथम महिला जगतगुरु शंकरचार्य हेमानन्द गिरीको बाहुलीबाट अनावरण गरिएको थियो ।

महाशिवरात्रिको दिन भजन, झाँकी नृत्य प्रस्तुत गरिएको थियो । आज साँझ शिवधुनीका साथ भजन संध्याको कार्यक्रम राखिएको आयोजकले जनाएको छ ।
जमिनबाट ९ फुट अग्लो आधार स्थल बनाएर त्यसमाथि २७ फिट अग्लो शिव प्रतिमा राखिएको निर्माण समितिका संयोजक तथा कार्यक्रममा अध्यक्ष दीपक दाहालले जानकारी दिए । समुदाय स्तरबाट आर्थिक सङ्कलन गरी सो शिव प्रतिमा दुई महिनाभित्र स्थापना गरिएको र निर्माण गर्दा करिब ३८ लाख रुपैयाँ खर्च भएको दाहालले बताएका छन् ।

‘कला र सौन्दर्यका हिसाबले यो शिव मूर्ति प्रदेश १ कै उत्कृष्ट र भव्य रहेको’ संयोजक दाहालले भने, ‘समुदायको अग्रसरतामा यो ठाउँलाई नमुना बनाउन खोजिएको हो ।’ प्रतिमाको भित्री भाग फलामे फ्रेमबाट बनाईएको छ ।

प्रतिमासँगै  पूर्व–पश्चिम राजमार्गसँग जोडेर प्रवेशद्वार पनि निर्माण गरेको छ । प्रवेशद्वार बनाइएको सडकलाई नमुना मार्गका रुपमा विकास गरिने स्थानियहरुले बताएका छन् । प्रवेशद्वार बनाइएको करिब ४ सय मिटर बाटो पदमार्गका रुपमा प्रयोग गर्ने बताईएको छ ।

धार्मिक गुरुहरुको उपस्थिती संगै नगर र जिल्लाका विशिष्ठ व्यक्तीहरु प्रदेश सांसद झलकसिंह दर्लामी, विर्तामोड नगरपालिकाका प्रमुख ध्रुबकुमार शिवाकोटी, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख सानुराम भट्टराई, सहारा नेपाल साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरी लगायले सरकारले मात्र हैन समुदाय आफै पनि आफ्नो ठाउँको विकासमा लाग्नु पर्ने भन्ने यो कामले पञ्चकन्याका टोलवासीहरुले उदाहरण पेश गरेको धारणा राखेका थिए ।

कार्यक्रममा स्वगत निर्माण समितिका उपाध्यक्ष निर्जला प्रसाईंले गरेकी थिईन भने संचालन निर्माण समितिका सचिव युवराज दाहाल गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 84

प्रतिक्रिया (०)

सम्बन्धित खबर