Aamsanchar

अर्बोै पर्ने युरेनियम नेपालमामा पहिलोपटक बरामद, कहाँ–कहाँ हुन्छ यसको प्रयोग ?

Author Image
शनिवार, फागुन २९, २०७७

नेपालमामा पहिलोपटक युरेनियम बरामद गरिएको छ । काठमाडौं महानगरपालिका–६ बौद्धबाट महानगरीय प्रहरी कार्यालयको टोलीले बिहीबार साढे २ किलो युरेनियम बरामद गरेको हो । आखिर के हो त युरेनियम रु धर्तीभित्र एउटा यस्तो चीन पाइन्छ, जो देख्नमा अत्यन्त सुन्दर, सफा र चमकदार छ र हावाको सम्पर्कमा आउनासाथ स्वयम् जल्छ । यसको नाम हो युरेनियम ।

रासायनिक रुपमा यसलाई अंग्रेजी ‘यू’ बाट दर्शाइन्छ र यसको परमाणुक्रमांक ९२ हुन्छ । यसलाई मेटल अफ होप नामले पनि चिनिन्छ । विश्वमा यो सबैभन्दा धेरै अस्ट्रेलियामा पाइन्छ । पृथ्वीको माथिल्लो सतहमा युरेनियमको १०४० टन मात्रा छ, युरेनियम चमकदार सेतो रंगको धातु हो ।

वैज्ञानिकहरुका अनुसार यो निकै ज्यादा सक्रिय तत्व हो । जसको अर्थ, यसले कुनै पनि पदार्थसँग चाडै नै क्रिया उत्पन्न गर्छ । र, यदि हामील युरेनियमलाई खुला हावा छाड्यौं भने यो पदार्थ जल्न थाल्छ ।

यो त यसको स्वभाव भयो, तर के तपाईंलाई थाहा छ यसको प्रयोग कहाँ–कहाँ हुन्छ ?

यो अत्यन्त उपयोगी र मुल्यवान् धातु हो । परमाणु उर्जामा यसको उपयोग बिजुली उत्पादनका लागि गरिन्छ । पृथ्वीमा आजको समय युरेनियाको सबैभन्दा अधिक उपयोग परमाणु उर्जाका रुपमा गरिन्छ भन्दा सही हुन्छ । तर युरेनियमको प्रयोगले संसारमा धेरै विवाद पनि सिर्जना गरेको छ । किनकी, धेरै देशले युरेनियमलाई परमाणुशक्तिको रुपमा प्रयोग गर्छन् ।
सायद, तपाईलाई थाहा हुनुपर्छ, युरेनियमलाई परमाणुबमको निर्माणमा पनि प्रयोग गरिन्छ । विश्वका धेरै देशमा परमाणु बमको निर्माण प्रतिबन्धित छ । तर केही देशले शक्तिशाली बन्ने होडमा , त केहीले आफुलाई सुरक्षित राख्नका लागि यसको प्रयोग गर्ने गरेका छन् ।

यदि युरेनियमको उत्खनन गरेर अन्तर्राष्ट्रिय बजारमा बेच्न सकियो भने नेपालीहरूको प्रतिव्यक्ति आय संसारकै सबैभन्दा धेरै हुन सक्ने विज्ञ हरू बताउँछन् । केही अघि खानी तथा भूगर्भ विभागको अनुसन्धानका अनुसार नेपालका धेरै ठाउँहरुमा युरेनियम पाइने सम्भावना देखिन्छ । अन्तर्राष्ट्रिय बजारमा १ केजी शुद्ध युरेनियमको करोडौं पर्ने बताइन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 280

प्रतिक्रिया (०)

सम्बन्धित खबर