Aamsanchar

साढे १९ लाख रुपैयाँसहित वीरगञ्जबाट एक भारतीय नागरिक पक्राउ

Author Image
शनिवार, फागुन २९, २०७७

काठमाडौं-स्रोत नखुलेको साढे १९ लाख रुपैयाँ रकमसहित वीरगञ्जबाट सशस्त्र प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको पूर्वी चम्पारण जिल्ला रक्सौल नगरपालिका–२१ घर भएका ३६ वर्षीय राजेशकुमार साह रहेका छन् ।

उनलाई वीरगञ्ज महानगरपालिका–१६ शंकराचार्य गेट क्षेत्रबाट स्रोत नखुलेको १९ लाख ५१ हजार १ सय २० नेपाली रुपैयाँसहित शनिबार पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ । उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट वीरगञ्जबाट खटिएको टोलीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका साहलाई सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनले शरीरमा बाँधेर लुकाइछिपाइ ल्याउँदै गरेको रकम फेला परेपछि पक्राउ गरेको जनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 64

प्रतिक्रिया (०)

सम्बन्धित खबर