Aamsanchar

झापा : हात्तीको आक्रमणबाट गम्भिर घाईते एक युवकको मृत्यु, अर्का एकको उपचार जारी

Author Image
बुधवार, चैत ४, २०७७

झापा — हात्तीको आक्रमणबाट झापामा एक युवकको मृत्यु भएको छ । हात्ती आक्रमणबाट इलामको देउमाई नगरपालिका–१० ढोडेनी घर भएका १९ वर्षीय कीर्तिमान खातीको मृत्यु भएको हो । बुद्धशान्ति गाउँपालिका–२ स्थित बिन्दुली बाँध नजिक हात्ती आक्रमणबाट बुधबार बिहान खातीसहित अर्जुनधारा–१ सिस्नेका १९ वर्षीय मिलन कार्कीडोली घाइते भएका थिए । ट्याक्टरका श्रमिक खातीको हात र छातीमा गम्भीर चोट लागेको थियो । उपचारका लागि उनलाई तत्काल विर्तासिटी अस्पताल पुर्‍याइएको थियो । तर, अस्पतालले रिफर गरेपछि भद्रपुरको प्रादेशिक अस्पताल लगिएको र उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जनाए ।

अर्का घाइते अर्जुनधारा कार्कीडोली उपचार जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 327

प्रतिक्रिया (०)