Aamsanchar

नेपाल सुपर लिग फुटबलको अक्सनमा १ सय ५८ खेलाडी

Author Image
शुक्रवार, चैत ६, २०७७

काठमाडौं- नेपालमा पहिलो फ्रन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग फुटबल(एनएसएल)को अक्सन आज हुँदै छ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले एनएसएलको अक्सनमा १५८ खेलाडीको नाम सार्वजनिक गरेको छ। नेपाल स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्टले एन्फाको प्राविधिक सहयोगमा उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो। एन्फाले अक्सनका लागि ए, बी र सी श्रेणी गरी खेलाडीको नाम सार्वजनिक गरेको हो। अक्सनमा राष्ट्रिय टोलीको प्रशिक्षणमा रहेका ए श्रेणीका ३५ खेलाडीलाई समेत सहभागी गराइने एन्फाले जनाएको छ। यस्तै अक्सनमा ६५ बी श्रेणीका तथा ५८ सी श्रेणीका खेलाडी रहेका छन्।

एन्फाको प्राविधिक समितिले खेलाडीको सूची सार्वजनिक गरेको हो। आगामी वर्ष वैशाख ११ देखि २५ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालमा हुने सुपर लिगमा सात फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन्। दुई सातासम्म सञ्चालन हुने सो प्रतियोगिता सिङ्गल राउण्ड रोविन लिगका आधारमा सञ्चालन हुनेछ।

नाम सार्वजनिक गरे पनि खेलाडीको न्यूनतम पारिश्रमिक भने खुलाइएको छैन। एउटा टोलीमा बढीमा २० खेलाडी आबद्ध हुनेछन्। प्रत्येक टोलीले तीन विदेशी खेलाडी खेलाउन पाउने छन् भने दुई स्थानीय खेलाडी अनिवार्य सहभागी गराउनुपर्नेछ।

उक्त प्रतियोगितामा काठमाडौँ रेजर्स एफसी, विराटनगर सिटी एफसी, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसीले प्रतिस्पर्धा गर्ने एन्फाले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 462

प्रतिक्रिया (०)

सम्बन्धित खबर