जनकपुरधाम – सर्लाही प्रहरीले चोरीनिकासी गर्न लागिएको ५८.४० क्यूबिक काठ नियन्त्रणमा लिएको छ । जिल्लाका हरिपुर नगरपालिका १ स्थित जानकीनगरमा को २ त ८४९६ नम्बरको ट्याकटरमा लोड गरी राखेको उक्त काठ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरी प्रवक्ता मदन कुँवरका अनुसार सालको ७ वटा गोलिया र २६ वटा चिरेको काठ ट्याक्टरमा लोड गरेको पाइएको छ । उक्त काठलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि वन डिभिजन कार्यालय लालबन्दी सर्लाहीमा बुझाएको कुँवरले बताए ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 242