Aamsanchar

नयाँ महान्यायाधिवक्तामा रमेश बडालको नाम राष्ट्रपतिसमक्ष सिफारिस

Author Image
शुक्रवार, चैत ६, २०७७

काठमाडौं – नेपाल सरकारको प्रमुख कानुनी सल्लाहकार रहने महान्यायाधिवक्तामा अधिवक्ता रमेश बडाल सिफारिस भएका छन्। यसअघि उनी एमालेको भातृ संगठन जिफन्टमा आवद्ध रहदै वकालत गर्दै आएका थिए। काभ्रे निवासी उनी पछिल्लो समय सरकारविरुद्ध अदालतमा परेका विभिन्न मुद्दामा सरकारको प्रतिरक्षामा सक्रिय रुपमा उत्रिएका थिए।

अग्नि खरेलले पदबाट राजीनामा दिएलगत्तै बडाल महान्यायाधिवक्ता सिफारिस भएका हुन्। प्रधानमन्त्री कार्यालयले उनको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेको स्रोतले बताएको छ। महान्यायाधिवक्तालाई सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक प्रावधान छ। खरेलले शुक्रबार पत्रकार सम्मेलनमार्फत राजीनामा घोषणा गर्दै अब राजनीतिमै फर्किने बताएका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 349

प्रतिक्रिया (०)

सम्बन्धित खबर