Aamsanchar

आज मौसमको अवस्था

Author Image
आइतवार, चैत ८, २०७७

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।

महाशाखाका अनुसार आज देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको छ। भने, हाल देशका प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रहि अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको छ।

यसैगरी, आजको दिउँसोको मौसमको अवस्थामा पहाडी भूभागहरुमा आंशिकदेखी सामान्य बदली हुने र देशको बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । यस्तै, पहाडी भूभागको एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, आज राति देशको पहाडी भूभागहरुमा आंशिक बदली रहनेछ। प्रदेश १ को पहाडी भूभागको एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 160

प्रतिक्रिया (०)

सम्बन्धित खबर