काकडभिट्टा – ४० वर्षसम्म बिनासुनुवाई भारतको जेलमा बन्दी भएका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी तिम्सिना) नेपाल आइपुगेका छन् । बुधबार साँझ कोलकाताको दमदम कारागारबाट छुटेका उनी भाइ प्रकाशचन्द्र तिम्सिनाका साथमा आइतबार बिहान काँकरभित्ता आइपुगेका हुन् ।
दुर्गाप्रसादले आफू कहाँ छु भन्ने कुरा प्रष्टसँग थाहा पाएका छैनन् । ‘कहाँ आइपुग्नुभयो’ भन्ने प्रश्नमा उनले दोधार हुँदै ‘नेपाल’ भनेका छन् । उनले आफू दार्जिलिङमा ‘लडाईँ’ हुँदा ज्यान मारेको मुद्दामा पक्राउ परेको बताएका छन् । उनलाई दार्जिलिङबाट पक्राउ परी विभिन्न कारागार हुँदै कोलकाता पुर्याइएको थियो । उनले आफू निर्दोष भएको बताएका छन् । उनी भाइ र आफन्तका साथ आजै माई नगरपालिका–१० इलामस्थित घर पुग्ने बताइएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 206