Aamsanchar

बंगलादेशमा भिषण आगलागी

Author Image
मङ्गलवार, चैत १०, २०७७

बंगलादेशस्थित रोहिंग्या शरणार्थी शिविरमा आगलागी हुँदा एक हजार घर जलेर नष्ट भएको छ । आगलागीमा केहीको मृत्यु भएका आशंका गरिएपनि आधिकारिक रुपमा पुष्टि भएको छैन ।

बंगलादेशको काक्स बजारमा रहेको शिविरमा बनेका अधिकांश घरहरु बाँसका र काठको रहेका कारण आगलागी नियन्त्रणमा लिन निकै समय लागेको थियो । ११ लाख रोहिग्यां रहेको यो शिविरमा आगलागी भएपछि भागदौड मच्चिएको थियो ।

म्यानमारमा भड्केको हिंसासँगै लाखौंको संख्यामा रोहिग्यांहरु बंगलादेशमा शरण लिन पुगेका थिए । यसैबीच बंगलादेश सरकारले आगलागी पीडितहरुलाई हाल अस्थायी क्याम्पमा राखिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 207

प्रतिक्रिया (०)

सम्बन्धित खबर