Aamsanchar

आजको मौसम

Author Image
मङ्गलवार, चैत १०, २०७७

पश्चिमी वायुको प्रभावले मौसममा बदली आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशको पहाडी भूभागमा आंशिदेखि सामान्य बदली भएकोले केही ठाउँमा वर्षा हुने सम्भावना रहेको छ ।

आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका पहाडी भू-भागका केही ठाउँमा मेघगर्जनरचट्टयाङ्गसहित हल्का वर्षा हुने महाशाखाले जनाएको छ । यो क्रम बिहीबारसम्मै कायम हुनेछ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पनि केही ठाउँमा मेघगर्जनरचट्टयाङ्गसहित वर्षा हुने सम्भावना भएकोले सतर्क रहनसमेत महाशाखाले सूचित गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 504

प्रतिक्रिया (०)

सम्बन्धित खबर