Aamsanchar

आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले दुई वटा वार्षिक प्रतिवेदन पेस गर्ने

Author Image
मङ्गलवार, चैत १०, २०७७

काठमाण्डौ- प्रतिनिधिसभा बैठक बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकका लागि संसद सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले दुईवटा वार्षिक प्रतिवेदन पेस गर्नुहुनेछ ।

प्रधानमन्त्री ओलीले न्याय परिषद् र न्यायसेवा आयोगको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन र महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पेस गर्नुहुने संसद सचिवालयले जनाएको छ। त्यसपछि प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति बिमलप्रसाद श्रीवास्तवले समितिको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 170

प्रतिक्रिया (०)

सम्बन्धित खबर