Aamsanchar

झापामा मापसे गरी सवारी चलाउने चालक बिरुद्ध मुद्धा दर्ता

Author Image
मङ्गलवार, चैत १०, २०७७

झापा – पछिल्लो समयमा झापामा सवारी दुर्घटनाका घटना अत्यधिक बढेको छ। दुर्घटनामा परी ज्यान गुमाउने र घाइतेहरूको सङ्ख्या दिनहुँ बढेसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले सवारीसाधनमाथि निगरानी बढाएको छ।

ट्राफिक प्रहरीले सडकमा निगरानी बढाएसँगै मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकमाथि मुद्दा दर्ता गर्न थालिएको हो। मापसे गरी सवारी चलाउने एक जना बस चालकमाथि मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिएका छन्‌।

पूर्व-पश्चिम राजमार्ग अन्तरगत शिवसताक्षी नगरपालिका-८, झिलझिलेमा सवारीसाधन चेक जाँचको क्रममा मे १ ख २६२९ नम्बरको यात्रुवाहक बस चालक मोरङ उर्लाबारी नगरपालिका बस्ने ४५ वर्षीय मोहनलाल राईमाथि मुद्दा चलाएको हो। प्रहरीले चालक राईमाथि अभद्र व्यवहार सम्बन्धी मुद्दा चलाएको हो।

इलाका प्रहरी कार्यालय अस्थायी ट्राफिक प्रहरी पोस्ट झिलझिलेले सवारीसाधन चेक जाँचको क्रममा मे १ ख २६२९ नम्बरको यात्रुवाहक बसलाई रोकेर ब्रेथलाइजरको माध्यमबाट चेक जाँच गर्दा चालकले मदिरा सेवन गरेको प्रमाणित भएको थियो। उनलाई झापा जिल्ला अदालतबाट पाँच दिनको म्याद थपेर अनुसन्धानको प्रक्रिया अघि बढाइसकेको प्रहरीले जनाएको छ। दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि यसअघि पनि ट्राफिक प्रहरीले मापसे गरी सवारीसाधन चलाउने चालकमाथि मुद्दा चलाउँदै आएका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 318

प्रतिक्रिया (०)

सम्बन्धित खबर