Aamsanchar

आज सुनको मुल्य

Author Image
शुक्रवार, चैत १३, २०७७

काठमाण्डौ – हप्ताको अन्तिम दिन आज सुनको भाउ ६ सय रुपैयाँले घटेको छ । सुनको भाउ आज तोलामा ८६ हजार तीन सय रुपैयाँमा झरेको हो । समग्रमा भने यो हप्ता सुनको भाउ ९ सय रुपैयाँले घटेको छ । हप्ताको पहिलो दिन तोलामा ८७ हजार २ सय रुपैयाँ रहेको सुनको भाउ शुक्रबार आज ८६ हजार तीन सय रुपैयाँमा झरेको हो । आइतबार ८७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ सोमबार दुई सय रुपैयाँले घटेको थियो । मंगलबार फेरि तोलामा तीन सय रुपैयाँले घटेर सुनको भाउ ८६ हजार सात सय रुपैयाँमा झरेको थियो ।

यो भाउमा बुधबार कुनै घटबढ भएन । तर हिजो भने तोलामा दुई सय रुपैयाँले बढेर ८६ हजार ९ सय रुपैयाँमा पुगेको थियो । यो भाउमा फेरि आज ६ सय रुपैयाँले घटेको हो । यस्तै यो हप्ता चाँदीको भाउ पनि तोलामा ५० रुपैयाँले घटेको छ । हप्ताको पहिलो दिन तोलाको १२ सय ८० रुपैयाँ रहेको चाँदीको भाउ आज अन्तिम दिन १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 282

प्रतिक्रिया (०)

सम्बन्धित खबर