Aamsanchar

बिर्तामोडमा टिभिएस किङ्ग डिलक्स प्लस (अटो रिक्सा) लन्च भएकै दिन १० बटा बिक्री

Author Image
शुक्रवार, चैत १३, २०७७

बिर्तामोड । जिल्ला ट्राफिक प्रहरी कार्यलय झापाका अनुसार झापामा करिव १० हजार भन्दा धेरै अटो रिक्साहरु संचालित छन । पाईडलवाला रिक्सालाई विस्थापित गर्दै दिन प्रतिदिन अटोरिक्साको संख्या बढिरहेको छ, उक्त संख्याको ठुलो हिस्सा टिभिएस अटोले ओघटेको छ । यसै परिपेक्षमा झापाको बिर्तामोड स्थित सहारा अटो मोवाइल्स एण्ड कम्पनीले एकदिनमा १० अटो बिक्री गरेको छ ।

कम्पनीले नेपालका लागि आधिकारिक बिक्रेता जगदम्वा मोटर्सले ल्याएको टिभिएस किङ्ग डिलक्स प्लस अटोको सार्वजनिकीकरण कार्यक्रममा शुक्रवार १० वटा अटो खरिदकर्तालाई चावी हस्तान्तरण गरेको हो ।

बुधवारे ३ जना, फिदिम २ जना, बिर्तामोड २ जना, मेचीनगर २ जना र चन्द्रगढीका १ जनाले अटो खरिद गरेको सहारा अटो मोवाइल्स एण्ड कम्पनी बिर्तामोडका मेनेजर नविन गिरीले जानकारी दिए । निम्न बर्गका मानिसलाई विना धितो स्वदेशमै रोजगारी सिर्जना गर्ने उदेश्यले ४ बर्षअघि सञ्चालनमा आएको कम्पनीले ३ हजार वढि अटो विक्री गरिसकेको उनले बताए । त्यस्तै कम्पनीले महिला, जेष्ठ र सर्वाधिक अटो खरिदकर्तालाई सम्मान गरेको छ । महिला अटो चालक बृदिमाया किश्कु, टिका माया सुब्बा, जेष्ठ चालक हेमनाथ आचार्य, हिक्मत कार्की र धेरै अटो खरिदकर्ता लाल मियालाई सम्मान गरेको छ ।

कम्पनीका प्रवन्ध निर्देशक टेकनाथ खनालको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीको प्रमुख आतिथ्यता रहेको थियो । स्वागत कम्पनीका जेनेरल मेनेजर राजकुमार गौतमले गरेको कार्यक्रममा विशिष्ट अतिथि जिल्ला ट्राफिक प्रहरी कार्यालयका शिव शर्मा रहेका थिए ।

कार्यक्रममा जगदम्वा मोटर्सका नेपाल मार्केटिङ हेड सागर घिमिरे, सहारा अटो मोवाइल्स रेनल्टका प्रमुख ओमप्रकाश विमली, जगदम्वा मोटर्सका पूर्वी नेपाल सेल्स अफिसर कृष्ण घिमिरे, सहारा कृषि अनुसन्धानका प्रमुख शुक्रबहादुर तामाङ, हिमायलन इन्स्योरेन्स बिर्तामोडका प्रमुख सुशिल थापा, शेयरधनि विमल बस्नेत, सहारा अटोका शेयरधनि तथा सञ्चालक सदस्य विमल बस्नेतलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन कम्पनीका मार्केटिङ प्रमुख अनिल पौडेलले गरेका थिए । कम्पनीले प्रदेश १ का ताप्लेजुङ, झापा, मोरङ, सुनसरी, घाइघाट र उदयपुरबाट तथा सहाराको कार्यक्षेत्र भएका स्थानबाट अटो खरिद गर्न सकिने मार्केटिङ प्रमुख पौडेलले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 315

प्रतिक्रिया (०)

सम्बन्धित खबर