Aamsanchar

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी झापाका भण्डारी १२ बर्षपछि पक्राउ

Author Image
शुक्रवार, चैत १३, २०७७

झापा-सवारी ज्यान मुद्दाका एक फरार प्रतिवादी १२ बर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा साबिक तोपगाछी गा.बि.स. हाल कमल गाउँपालिका १ बस्ने ५० वर्षिय अग्निप्रसाद भण्डारी रहेका छन् ।

पुनरावेदन अदालत ईलामको २०६५साउन २२ गतेको फैसला अनुसार सवारी ज्यान मुद्दामा उनलाई २ वर्ष कैद र २ हजार रुपैयाँ जरिवाना तोकिएको थियो । हालसम्म फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले शुक्रबार पक्राउ गरेको हो । उनलाई कैद भुक्तानको लागि कारागार पठाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 236

प्रतिक्रिया (०)

सम्बन्धित खबर