Aamsanchar

मनसाय पत्र पाएका उपत्याका बाहिरका मेडिकल कलेजलाई सम्बन्धन दिन एबिबिएस तहका विद्यार्थीहरुको माग

Author Image
आइतवार, चैत १५, २०७७

बिएण्डसी अस्पताल

काठमाडौं । देशका प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), प्रतिनिधी सभा सभामुख सुवास नेक्बाङ लगायत नेपाली जनताले मनेका विस्वाशिला कलाकार मह जोडी लगायत धेरै विशिष्ठ व्यक्तिहरुले बिएण्डसी अस्पिटलको अवलोकन गरिसकेका छन् । सरकारका उच्च तहका पदाधिकारी हरुको विएण्डसीको अनुगमन गर्नेको संख्या बाक्लै भई सकेको छ । बिएण्डसीलाई नजिकबाट बुझनेहरु सबैले बिएण्डसीलाई मेडिकल कलेजको सम्वन्धन छिटो भन्दा छिटो दिनुपर्ने धारणा व्यक्त गर्ने गरेका छन् ।

एक महिना अघि बिएण्डसी परिसरमै पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ठोकुवाकाका साथ अब बिएण्डसी अस्पतालमात्र हैन मेडिकल कजेल बन्नेमा विस्वास दिएका थिए । ‘उद्घाटनपछि सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले झापाको बिएण्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिने प्रक्रिया अगाडि बढेको कुरा झापाली समुदाय समक्ष जानकारी गराए दिए ।

ओलीले मेडिकल कलेजको सम्बन्धनको प्रक्रिया अगाडि बढेको पनि बताए । उनले बिएण्डसीलाई काठमाडौँ विश्वविद्यालयले सम्बन्धन दिन लागेको जानकारी दिएका थिए । ‘बिएण्डसी टिचिङ अस्पताल बनाउने काम अगाडि बढिसकेको प्रधानमन्त्री ओलीले भने,’ ‘अब यो अस्पतालका रुपमा मात्र होइन, शिक्षण अस्पतालको रुपमा हुन्छ ।’ ओलीले ३ बर्ष अगाडी आजकै स्थानमा अबको दुई महिना पछि फायल लिएर आउनुहोस् मेडिकल कलेजको सम्वन्धन लिएर जानुहोस् भनेका थिए । त्यती खेर हजारौं झापाबासीले ओलीको भनाईलाई सम्मान जनाएका थिए । एक महिना अघि अब केही दिनमै अनुमती प्राप्त हुने, यो कुरा दुर्गाजी लाई पनि थाहाँ छ भन्ने भनाई राख्दा विगतको जस्तै उपस्थित नागरिकहरुले ताली बजाएका छन् । ‘प्राविधिक कारणले ठिला भए पनि तिन बर्ष अघि गरेको प्रतिवद्धा अब छिट्टै पुरा हुने’मा पुन प्रतिवद्धता व्यक्त गरेका थिए ।
मेडिकल कलेजको सम्बन्धनका लागि भौतिक पूर्वाधार, उपकरण, जनशक्ति लगायतका मापदण्ड पूरा भएकाले कलेजलाई सम्बन्धन दिन कुनै अप्ठ्यारो नहुने प्रधानमन्त्रीको जिकिर थियो । ओलीले देशकै लागि क्यान्सर अस्पताल गौरवको विषय भएको बताएका थिए ।

एतिका बर्ष सम्म पनि बिण्डसीलाई सम्वन्धन दिन सरकारले ठिला गरेको प्रति अब विद्यार्थीहरुले पनि पूर्वी नेपालमा पढन पाउनु पर्ने माग राखेका छन् । “स्वदेशमा नै डाक्टर पढ्न पाउनुको छुट्टै आनन्द हुन्छ । समयसमयमा घर परिवारसँग भेटघाट हुन्छ । फेल हुुने सम्भावना हुन्न । विदेशमा डाक्टर पढ्न गएका कतिपय विद्यार्थी ‘होमसिक’ भएर घर फर्किने गर्दछन् । यसैले ‘एक प्रदेश, एक मेडिकल कलेज’ स्थापना हुनुपर्छ । मेडिकल कलेजका लागि आवश्यक पूर्वाधार, जनशक्ति तथा अस्पताल जस्ता मापदण्ड पूरा गरेका कलेजलाई सरकारले सम्बन्धन दिनुपर्छ । यस्ता कलेजले सम्बन्धन पाउनुपर्छ पनि ।”त्रिभूवन विश्वविद्यालय, चिकित्सा विज्ञान अध्ययन संस्थान महाराजगञ्ज क्याम्पसमा एमबिबिएस तहको अन्तिम वर्षको अध्ययन पूरा गर्न लागेका विनय पंगेनीले बताए । विद्यार्थी नेतासमेत रहेका उनले तप्दै भने, “मेडिकल शिक्षामा निजी लगानी आउने बित्तिकै मेडिकल शिक्षा बिग्रिने होइन । राज्यले अनुगमन गर्नुपर्छ । अब सम्बन्धनको विषय सडकबाट होइन, नीतिबाट हुनुपर्छ । मनशायपत्र लिइ मेडिकल कलेज सञ्चलानार्थ आवश्यक मापदण्ड तथा पूर्वाधार पूरा गरिसकेका काठमाडौँ बाहिरका कलेजलाई सम्बन्धन दिन अब ढिलाइ गरिनुहुन्न ।”

यहाँ आयोजित ‘चिकित्सा शिक्षासम्बन्धी संवाद कार्यक्रम’मा सहभागी सो क्याम्पसमा एबिबिएस तहमा अध्ययनरत छात्रले भूगोल, जनसङ्ख्या र आवश्यकताका आधारमा मेडिकल कलेज सञ्चालनका लागि सम्बन्धन दिन सरकारसँग माग गरेका छन् । उनले जनसङ्ख्या र बिरामी अनुपातमा चिकित्सक उत्पादनका लागि मेडिकल कलेजको अझै आवश्यकता भएकोमा जोड दिँदै सम्बन्धन दिँदा गुणस्तर र शुल्कको स्पष्ट व्यवस्था गर्न सुझाव समेत दिए ।

सरकारले तय गरेका शुल्कमा डाक्टर पढाउँछु, भन्ने कलेजलाई सम्बन्धन दिन सरकारलाई किन आपत्ति प¥यो ? सोही क्याम्पसमा अध्ययनरत छात्र विशाल सिग्देलले प्रश्न गर्दै भने, “एकातर्फ स्वदेशका मेडिकल कलेजले सम्बन्धन नपाउने, अर्काेतर्फ डाक्टर पढ्न विदेश जानुपर्ने । पैसा हुने र नहुने दुवैका लागि डाक्टर पढ्न खुला हुनुपर्छ । “मेडिकल एजुकेशन ओपन’ हुनेबित्तिकै बिग्रिने होइन ।”

सोही क्याम्पसका अर्का छात्र ईश्वर थपलियाले अभिभावकले आफ्ना सम्पत्ती बैंकमा राखेर छोराछोरीलाई विदेशमा डाक्टर पढाउन पठाउन बाध्य भइरहेको अवस्थालाई अन्त्य गर्न जरुरी रहेकोमा जोड दिए । उनले भने, “मेडिकल शिक्षाका लागि नेपाल केन्द्र बन्न सक्छ । यसैले मापदण्ड पूरा गरेका कलेजलाई सम्बन्धन दिइ हरेक प्रदेशमा मेडिकल कलेज खोल्नुपर्छ । यससम्बन्धी परम्परागत धारणालाई चिर्नुपर्छ ।” छात्र ऋषिकेश चौधरीले प्रदेश नं १ र २ मा मेडिकल कलेजको आवश्यकता रहेकामा जोड दिँदै शहरी क्षेत्रमा मेडिकल कलेजको सङ्ख्या बढाउन हुँदैन भने । उनले भने, “मेडिकल कलेजले पनि नाफाभन्दा सेवालाई प्राथमिकता दिनुपर्छ । शिक्षा र स्वास्थ्यमा गुणस्तरमा सम्झौता गरिनुहुन्न ।”

सोही क्याम्पसका छात्र जितेन्द्र यादवले करीब ४२ लाख जनसङ्ख्या भएको मेचीका लागि मेडिकल कलेज आवश्यक रहेको बताएका छन् । अर्का छात्र अलिहसन अन्सारीले “डाक्टर पढ्न विदेश जानुपर्ने अवस्थालाई रोक्न मापदण्ड पूरा गरेका स्वदेशी मेडिकल कलेजलाई पठनपाठनका लागि खुला गर्नुपर्छ ।”

कार्यक्रममा सहभागीका अनुसार स्वदेशी मेडिकल कलेजबाट एमबिबिएस तहमा उत्पादन भएका जनशक्ति मेडिकल काउन्सिलले लिने लाइसेन्स परीक्षामा कमै मात्रमा अनुतीर्ण हुने गर्दछन् । कार्यक्रममा मधेशी चिकित्सक सङ्घका प्रवक्ता डा विनय पञ्जीयारले डाक्टर पढ्न विदेश जानुपर्ने अवस्था अन्त्यका लागि स्वदेशका मामदण्ड पूरा गरेका प्रस्तावित मेडिकल कलेजलाई सम्बन्धन दिन आग्रह गरेका छन् । उनले भनेका छन्, “प्रस्तावित बिएण्डसी मेडिकल कलेजले घर नजिक डाक्टर बन्ने पूर्वक्षेत्रका छात्रछात्राका सपना पूरा गर्नेछ । पूर्वको स्वास्थ्य र शिक्षामा नयाँ ढोका खुलाउने छ ।”

पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले चिकित्सा शिक्षा र स्वास्थ्यमा योगदान गर्छु भन्नेका लागि सरकारले बाधक होइन, सहजीकरण गर्ने धारणा रोखका छन् । उनले भने । “गुणस्तरीय मेडिकल शिक्षाले मात्र समग्र जनताको स्वास्थ्य राम्रो बन्छ ।”

यो पनि पढनुहोस् ।

पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन, तिन बर्ष अघिको प्रतिवद्धता अब पुरा हुन्छ : प्रधानमन्त्री

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 134

प्रतिक्रिया (०)

सम्बन्धित खबर