Aamsanchar

शिल्पा सधै सिलिम बन्नु को मुख्य कारण

Author Image
मङ्गलवार, चैत १७, २०७७


बलिउड अभिनेत्री शिल्पा शेट्टी उमेरले चार दशक नाघि सकिन्। उनी आफ्नो सौन्दर्यलाई मात्र नभई फिटनेसलाई पनि विशेष ध्यान दिन्छिन्।

उनको फिटनेसलाई लिएर तारिफ गर्ने धेरै भेटिन्छन्। विशषेगरी उनी योगा र फिटनेसलाई लिएर निकै चर्चित पनि छिन्। उनी अहिले मात्र नभई सानो उमेरदेखि नै फिट थिइन्।

एक भारतीय सञ्चारमाध्यमलाई अन्तरवार्ता दिदै उनले सानो उमेरदेखि नै खेलकुदमा सक्रिय हुने गरेको बताएकी छिन्। फिटनेसलाई लिएर अहिले विभिन्न डायटहरुको प्रचलन चलेको छ। तर यसो नगर्न उनको सुझाव छ। शरीरलाई सबै किसिमको पोषक तत्व आवश्यक पर्ने भएकाले सही मात्रा मिलाएर खानुपर्ने उनले बताइन्।

बजारबाट कुनै पनि खानेकुरा खरिद गर्दा त्यहाँ दिइएका सामग्रीहरुको लेबल पढेर मात्र खरिद गर्नुपर्नेमा उनको जोड छ। उनी भन्छिन्, ‘खानेकुराबाट भाग्ने होइन। सही मात्रा मिलाएर सही खाना खानुपर्छ।’

उनका अनुसार कसरी, कहिले, कति मात्रामा, किन, कति खाइरहेका छौँ यो विषयमा सबैले ध्यान दिन आवश्यक छ। उनी कार्बोहाइड्रेट खाने गर्छिन्। शरीरलाई कार्बोहाइड्रेड निकै आवश्यक भएकाले सही कार्बोहाइड्रेटको छनोट गर्न आवश्यक भएको उनले अन्तरवार्तामा बताएकी छिन्। तेलमा तारेको आलुको सट्टा सगरखण्ड खान उनको सुझाव छ। तर साँझ ७ बजेपछि उनी कार्बोहाइड्रेट खाँदिनन्।

शरीरलाई स्वस्थ र फिट राख्न निश्चित दायरा बनाउनुपर्छ। एक हप्तामा चिनी, मैदा, बाहिरी खाना खादिन भनेर दायरा बनाउनुपर्ने उनले बताइन्। तर हप्तामा एक पटक चिट मिल खान भने सकिन्छ। त्यसै कारण आफुले पनि आइतबार चिट डे हुने गरेको उनी बताउँछिन्।

उनको सन्डे बिन्ज पनि निकै चर्चित छ। सन्डे बिन्जमा उनी सधै चिट मिल खाने गर्छिन्। त्यसमा प्राय उनी केक, चकलेट, आइसक्रिम, जेरी लगायत बाहिरी खानेकुरा खान्छिन्। आफ्नो स्वास्थ्य र फिटनेश प्रति सचेत हुन उनको अपिल छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 253

प्रतिक्रिया (०)

सम्बन्धित खबर
हात्तीको परिचय 
बुधवार, वैशाख १२, २०८१
दैनिक आलस खाँदाका फाइदा
सोमवार, वैशाख १०, २०८१