Aamsanchar

राजस्व चुहावट देखिएपछि विराटनगरको डाइनामिक एजुकेशन कम्प्लेक्समा छापा,कागजात नियन्त्रणमा

Author Image
बुधवार, चैत १८, २०७७

विराटनगर –राजस्व अनुसन्धान इटहरी कार्यालयले विराटनगरस्थित डाइनामिक एजुकेशन कम्प्लेक्स मोरङ प्रा.लि. मा छापा हानेको छ । राजस्व छलेर कारोबार गरेको देखिएपछि डाइनामिकमा छापा हानेर कागजात, कम्प्युटरको स्टोर डिभाइस नियन्त्रणमा लिइएको हो । राजस्व अनुसन्धान इकाइ कार्यालय इटहरीका प्रमुख दीपक खड्काका अनुसार कारोबार गर्दा राजस्व चुहावट देखिएपछि कम्पनिमा छापा हानेर आवश्यक कागजात नियन्त्रणमा लिइएको छ ।

शैक्षिक परामर्शसँग सम्बन्धित काम गर्दै आएको डाइनामिकले आर्थिक वर्ष २०७६/२०७७ मा आन्तरिक राजस्वमा बुझाएको कर विवरणसँग उनले गरेको कारोबार मिलेको छ । आन्तरिक राजस्वमा ५० लाख आसपासको कारोबार विवरण पेश गरेर त्यहि वर्ष ९३ लाख रुपियाँको जग्गा खरिद गरिएको देखिएको थियो । बिलबिजक जारी गरिएको देखिएन, राजस्व एकाइका प्रमुख खड्काले भन्नुभयो–अनुसन्धान गरेर ऐन अनुसार मुद्दा दर्ताको प्रक्रियामा जान्छौं । उहाँले अनुसन्धान र बिगो गणना गर्ने प्रक्रियाका लागि आवश्यक कागजात खोजी गर्न सुरु गरिएको जानकारी दिनुभयो ।

शैक्षिक परामर्शसँग सम्बन्धित काम गर्ने संस्थाका प्रमुख प्रमोद स्वर्णकारले विद्यार्थीबाट असुल गरेको चार करोड बढी रकम आफ्नै व्यक्तिगत नाममा रहेको बैंक खातामा जम्मा गर्ने गरेको समेत पाइएको छ । राजश्वले छापा मारेसँगै कम्पनीको नाममा जम्मा गर्नुपर्ने रकम व्यक्तिको नाममा जम्मा गर्ने गरेको देखिएकोले अनुसन्धानमा थप निकायसमेत सक्रिय हुनसक्ने देखिएको छ । एउटै आर्थिक वर्षमा आन्तरिक राजस्वमा बुझाएको कारोबार विवरणसँग अन्य क्षेत्रमा गरेको कारोबार नमिल्ने र कम्पनिको नाममा दाखिला गर्नुपर्ने रकम व्यक्तिगत बैंक खातामा दाखिला गरेको ठहरीएमा अनुसन्धानसँग सम्बन्धित अन्य निकायले समेत चासो राख्नसक्ने सम्भावना देखिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 91

प्रतिक्रिया (०)

सम्बन्धित खबर