Aamsanchar

एटीएम बुथ ह्याक गरी पैसा चोर्न खोज्ने चिनियाँ नागरिक प्रहरीको फन्दामा

Author Image
बुधवार, चैत १८, २०७७

राजधानीका एटीएम बुथ ह्याक गरी चिनियाँ नागरिकले पैसा चोर्ने प्रयास गर्दै आएको खुलासा भएको हो । विभिन्न बैंकहरुको एटीएम बुथमा अस्वाभाविक रुपमा कुनै व्यक्तिले पैसा निकाल्न लागेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले एक चिनियाँ नागरिकलाई पक्राउ गरेपछि यस्तो खुलासा भएको हो ।

पक्राउ पर्नेमा चिनियाँ नागरिक वाङ जियाओलो रहेको काठमाडौं प्रहरीले जनाएको छ । उनलाई मंगलबार साँझ काठमाडौंको ज्याठास्थित मेगा बैकको एटिएम ह्याक गरी नगद रुपैया निकाल्न खोजेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले उनको साथबाट ह्याक गर्ने सामानलगायत बरामद गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 170

प्रतिक्रिया (०)

सम्बन्धित खबर