Aamsanchar

शीतलाष्टमी व्रत

Author Image
सोमवार, चैत २३, २०७७

चैत, बैशाख, जेठ र असार महिनामा कृष्णपक्षको अष्टमी तिथिमा शीतला अष्टमीको व्रत पर्छ । प्राकृतिक प्रकोप र रोगव्याधीको प्रभावबाट जोगाउने शीतला भगवतीको आह्वान र उपासना गर्ने शीतलाष्टमी व्रतको आफ्नै महत्व र उपलब्धि छ ।

लगभग वर्षको ३६५ दिन केही न केही आव्हान र विशेष अर्चना रहने उल्लास रहेको सनातन सभ्यतामा धेरै तिथिहरु विलुप्त हुँदै अनि तिनको महत्व आउँदा पुस्ताले बुझ्न नपाउने गरी हराउँदै गएको छ । नेपालमा सर्वाधिक डाउनलोड गरिएको मोवाइल एप्लीकेशन हाम्रो पात्रोले सनातन सभ्यताका यी दिनहरुलाई प्रविधिका माध्यमबाट परिभाषित गर्दै आएको छ ।

शीतलाष्टमी व्रतलाई तराई क्षेत्रमा बसौडा र काठमाडौं उपत्यकामा बासेरा पनि भनिन्छ । ग्रीष्मकालमा पर्ने यस व्रतलाई घाउँ–खटिरा र घमौराबाट बच्न विशेष रुपमा उपासना गरिन्छ । यस दिन व्रतालुको घरमा चुलो बल्न हुँदैन भन्ने मान्यता छ । यसअर्थमा एक दिन अगावै प्रसाद र नैवेद्यहरु बनाउने र भोलिपल्ट ती प्रसादहरु शीतला भगवतीलाई चढाउने चलन छ ।

शीतलाष्टमी व्रतको मन्त्र
बन्दे, हंशीतलादेवी रासभस्थांदिगम्बराम्।।
मार्जनीकलशोपेतां सूर्पालंकृतमस्तकाम्।।

यस मन्त्रको अर्थ हुन्छ, गधाको पिठ्युँमा आसीन, दिगम्बरा, हातमा कुचो, र कलश धारण गर्ने भएकी, टाउकामा नाङ्गलो बोकेकी भगवती शीतलाको म बन्दना गर्दछु ।

यस व्रतको सबैलाई शुभकामना । आँउदो ग्रीष्मकालमा आफ्नो ख्याल राख्नुहोला ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 230

प्रतिक्रिया (०)

सम्बन्धित खबर