Aamsanchar

विकासोन्मुख राष्ट्रका लागि कोरोना खोप किन्न दुईअर्ब डलर जुटाउने विश्व बैंकको प्रतिवद्धता

Author Image
शनिवार, चैत २८, २०७७

विश्व बैंकले विकासोन्मुख राष्ट्रका लागि अप्रिलसम्म कोभिड खोपका लागि दुई अर्ब डलर रकम जुटाउने प्रतिवद्धता जनाएको छ। उक्त रकम विश्व बैंकले कम आम्दानी भएका राष्ट्रहरूका लागि खोप वितरण र उत्पादनका लागि समग्रमा उपलब्ध गराउने शुक्रबार बैठकमा कार्यकारी निर्देशक भ्यान ट्रोटसेनबर्गले बताएका छन्।

ट्रोटसेनबर्गले ४० वटा राष्ट्रलाई विश्व बैंकले खोप वितरणमा सहयोग गर्ने बताए। बैंकका अध्यक्ष डेभिड मालपासले यस वर्षको अन्त्यसम्म ५० वटा राष्ट्रबाट चार अर्ब डलरको अपेक्षा राखिएको बताए।

स्वास्थ्य अधिकारीहरूले विकासोन्मुख राष्ट्रमा खोप पुर्‍याउन नसकिए कोरोना भाइरसले खोपलाई पराजय गर्न सक्ने चिन्ता व्यक्त गरेका छन्। विश्व स्वास्थ्य संगठनको प्रमुख टेड्रोस अडानोम घेब्रियेससले अहिले देखिएका परिवर्तित भाइरसहरू तीव्र रुपमा फैलिए खोप अभियान कार्यक्रम प्रभावित हुने आशंका व्यक्त गरेका छन्। खोप पाइसकेका मुलुकहरू समेत यसबाट सुरक्षित हुन नसक्ने उनले दाबी गरे। टेड्रोसले भने, ‘हामीसँग भएका नयाँ खोपले पनि त्यसलाई रोक्न सक्दैनन्। शतप्रतिशत खोप पाइसकेका मुलुकमा पनि यसको प्रभाव रहन सक्छ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 34

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ आज
सोमवार, वैशाख ३, २०८१
सुनको मुल्य
आइतवार, वैशाख २, २०८१