Aamsanchar

झापाको एक गाउँमा एकै दिन दुईसय जना राप्रपामा प्रवेश

Author Image
शनिवार, चैत २८, २०७७

झापा । झापाको बारह्दशी गाउँपालिका वडा नम्बर ६ स्थित गहिरी गाउँका प्राय सबै नागरिकहरुले पार्टी परिवर्तन गरेका छन् ।

नेकपा एमाले, नेपाली काँग्रेस र माओवादी छोडेर दुई सय भन्दा धेरै गाउँवासीहरु राप्रपामा प्रवेश गरेको राप्रपा झापाका सचिव केशवप्रसाद ओझाले बताए ।

लामो समय देखि अरु पार्टीमा रहेर क्रियाशिल रहदै आएका स्थानिय नेता, कार्यकर्ता र सर्वसाधारणहरु मुख्य ठुला दलमा देखिएको पदलिप्तता, नातावाद, एक आपसको हटका कारण राष्ट्रियता गुम्ने खतरा भएकोले राष्ट्रियताको पक्षमा रहेको राप्रपामा प्रवेश गरेको एमाले छोडेर राप्रपामा प्रवेश गरेका पुष्प पाठकले बताए । पाठक भन्छन ‘विद्यार्थी काल देखि कम्युनिष्ट पक्षधर रहेर राजनीति गर्दै आए २०६२/६३ को जनआन्दोलमा राप्रपा नेता राजेन्द्र लिङदेनको घरमा आगो लगाउने सम्मको विद्रोह, क्रान्तिकारी बने, कम्युनिष्ठ नेताहरुले मलाई उक्साउने काम मात्र गरेरका रहेछन् बल्ल आएर थाहाँ पाए,  कम्युनिष्टले जन अपेक्षा अनुसार काम गरेन, राष्ट्रियताको हिसावमा राप्रपा नै राम्रो पार्टी भएको ठहर गरेर राप्रमा प्रवेश गरेको हुँ ।’   त्यस्तै राप्रपा प्रवेश गर्नेहरुमा  पूर्व वडाध्यक्ष खगेन्द्र पाण्डे, डिल्लीराम पाण्डे लयात एमाले, काँग्रेस पार्टीमा रहेका स्थानिय नेता तथा कार्यकर्ताहरु  राप्रपामा प्रवेश गरेका छन । उनिहरुलाई राप्रपा नेता, कार्यक्रममा प्रमुख अथिति राजेन्द्र लिङदेनले पार्टीमा स्वागत गरेका थिए । सोही क्षेत्रका प्रतिनिधीसभा सदस्य सांसद समेत रहेका लिङदेनले आफू राष्ट्रियता र विकासको पक्षमा रहेको र यस अभियानमा लाग्न सबै समक्ष आवहान गरेका छन् ।

राप्रपा बाह्रदशी गाउँपालिका वडा नं. ६ का अध्यक्ष योगेश पौडेलको अध्यक्षतामा आयोजित पार्टी प्रवेश कार्यक्रममा पूर्वमन्त्री टेकनारायण राजवंशी, राप्रपा केन्द्रिय सदस्य देविरमण भट्टराई, राजकुमार पोखरेल, जिल्ला अध्यक्ष अमरबहादुर विष्ट, उपाध्यक्ष कमल खरेल, प्रदेश सदस्य डम्बर थापा, हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेन, क्षेत्र नम्बर २ का अध्यक्ष नारायण राजवंशी लगायतका राप्रपा नेताहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा स्वागत रामकुमार सिंह राजवंशीले गरेका थिए भने संचालन जीवन पनेरुले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 263

प्रतिक्रिया (०)

सम्बन्धित खबर