Aamsanchar

प्रधानमन्त्री ओलीको गृहजिल्ला झापामा नेपाल पक्षधरको कार्यकर्ता भेला सम्पन्न

Author Image
शुक्रवार, वैशाख ३, २०७८

काठमाडौं – झापामा नेकपा एमाले माधव नेपाल पक्षधरको जिल्ला कार्यकर्ता भेला सम्पन्न भएको छ । शुक्रबार नेता माधवकुमार नेपाल लगायतका नेताहरुको उपस्थितिमा जिल्ला भेला सम्पन्न भएको हो । जिल्ला भेलामा ७ सयभन्दा बढी कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा नेता नेपालसहित घनश्याम भुसाल, भीम आचार्य, घनेन्द्र बस्नेत, जगन्नाथ खतिवडा, रविन कोइराला, नरेश खरेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमलाई उनीहरुले सम्बोधन गरेका थिए । झापा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला पनि हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 356

प्रतिक्रिया (०)

सम्बन्धित खबर