Aamsanchar

भारतीय ट्रकको ठक्करबाट झापामा सडक काट्दै गरेका साइकल यात्रीको मृत्यु

Author Image
सोमवार, वैशाख ६, २०७८

झापा- भारतीय नम्बर भएको मिनी ट्रकको ठक्करबाट झापामा साइकल यात्रीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाका अनुसार मेचीनगर नगरपालिका–७ इच्छा टोलका ३२ वर्षीय मनोज मेचेको मृत्यु भएको हो।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत मेचीनगर–७ स्थित एनएमसी डेरी उद्योग नजिकै सोमबार बिहान साढे ९ बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको डब्लुबी ७३ बी ३३२४ नम्बरको मिनी ट्रकले सडक काट्दै गरेका साइकल यात्री मेचेलाई ठक्कर दिएको थियो। टक्करबाट गम्भीर घाइते भएका मेचेको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारको क्रममा बिहान १०:१० बजे मृत्यु भएको डिएसपी थापाले जानकारी दिए। इलाका प्रहरी कार्यालय काँकडभिट्टाले ट्रकलाई नियन्त्रणमा लिएको छ। चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 345

प्रतिक्रिया (०)