Aamsanchar

माधव नेपाल र भीम रावलसहित २० नेतालाई एमालेले अन्तिम चेतावनीयुक्त स्पष्टीकरण सोध्ने

Author Image
सोमवार, वैशाख ६, २०७८

काठमाडौं – नेकपा एमालेले पार्टीको विधान विपरित लागेको भन्दै माधव नेपाल समूहको नेताहरुलाई अन्तिम चेतावनी सहितको २ दिने अन्तिम चेतावनी युक्त स्पष्टिकरण सोध्ने भएको छ। बालुवाटारमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार बसेको केन्द्रीय कमिटीको बैठकले यस्तो निर्णय गरेको हो।

माधव नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, प्रकाश ज्वालालगायत पार्टी विपरित कार्य गर्न लगाउने थप २० जनालाई दुई दिनको अन्तिम चेतावनीयुक्त स्पष्टीकरण सोध्ने निर्णय गरेको एक नेताले जानकारी दिए। चित्तबुझ्दो स्पष्टीकरण नदिए नेताहरुलाई बैशाख १० गते बस्ने बैठकले कारवाही गर्ने निर्णय समेत गरेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 329

प्रतिक्रिया (०)