Aamsanchar

बुद्धशान्ति गाउँपालिका अध्यक्ष कप वडास्तरीय फुटबल : पहिलो सेमिफाइनलमा आज ६ र १ भिड्दै 

Author Image
बुधवार, वैशाख ८, २०७८


बुद्धशान्ति –बुद्धशान्ति गाउँपालिकामा जारी प्रथम अध्यक्ष कप वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलका खेलहरु आजबाट शुरु हुदैछ । आज पहिलो सेमिफाइनलमा वार्ड नम्बर ६ र वार्ड १ को ए भिड्दैछन । यसअघि वार्ड ६ ले ३ लाई १/० ले र वार्ड १ ए ले वार्ड ४ लाई २/१ ले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको बुद्धशान्ति प्रेस क्लबका उपाध्यक्ष आयुष निरौलाले जानकारी दिनुभयो । खेल त्रिभुवन मावी होक्सेको खेल मैदानमा दिउँसो ३:३० बजे शुरु हुने खेल संयोजक शम्भु प्रसाद पौड्यालले जानकारी दिएको छ ।

त्यस्तै दोस्रो तथा अन्तिम सेमिफाइनलमा भोलि (बिहिबार) वार्ड नम्बर ७ र २ भिड्नेछन् । वार्ड ७ ले वार्ड १ बि लाई र २ ले वार्ड ५ लाई पराजित गरेर सेमिफाइनलमा प्रबेश गरेका थिए ।बुद्धशान्ति गाउँपालिकाले पहिलो पटक आयोजना गरेको प्रतियोगिताले स्थानीय स्तरमा रहेका खेलाडीलाई प्रोत्साहन गर्न र पालिका स्तरीय टिम बनाउने उदेस्य रहेको गाउँपालिका अध्यक्ष रमेश कुमार भुजेलले बताउनु भयो । प्रतियोगिताको विजेताले नगद ३० हजार रुपैयाँ र उप–विजेताले नगद १५ हजार रुपैयाँ सहित ट्रफि, प्रमाण–पत्र प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 299

प्रतिक्रिया (०)

सम्बन्धित खबर