Aamsanchar

बुद्धशान्ति गाउँपालिका अध्यक्ष कप फुटबल : वार्ड १ को (ए) फाइनलमा प्रबेश

Author Image
बुधवार, वैशाख ८, २०७८


बुद्धशान्ति –बुद्धशान्ती १ (ए) गाउँपालिकामा जारी प्रथम अध्यक्ष कप वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रबेश गरेको छ । आज भएको पहिलो सेमिफाइनलमा वार्ड नम्बर ६ लाई ३-० ले पराजित गर्दै वार्ड १ को(ए) ले फाइनलको यात्रा तय गरेको हो । यसअघि वार्ड ६ ले ३ लाई १-० ले र वार्ड १ (ए) ले वार्ड ४ लाई २-१ ले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको थियो ।

त्यस्तै दोस्रो तथा अन्तिम सेमिफाइनलमा भोलि (बिहिबार)वार्ड नम्बर ७ र २ भिड्नेछन् । वार्ड ७ ले वार्ड १ (बि) लाई र २ ले वार्ड ५ लाई पराजित गरेर सेमिफाइनलमा प्रबेश गरेका थिए । बुद्धशान्ति गाउँपालिकाले पहिलो पटक आयोजना गरेको प्रतियोगिताले स्थानीय स्तरमा रहेका खेलाडीलाई प्रोत्साहन गर्न र पालिका स्तरीय टिम बनाउने उदेस्य रहेको गाउँपालिका अध्यक्ष रमेश कुमार भुजेलले बताउनु भयो ।

प्रतियोगिताको विजेताले नगद ३० हजार रुपैयाँ र उप–विजेताले नगद १५ हजार रुपैयाँ सहित ट्रफि, प्रमाण–पत्र प्राप्त गर्ने खेल संयोजक शम्भु प्रसाद पौड्यालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 208

प्रतिक्रिया (०)