Aamsanchar

झापामा ट्रकले सिटी सफारीलाई ठक्कर दिँदा व्रतबन्धको फूलपाती बिर्सजन गर्न गइरहेकी वृद्धाको मृत्यु

Author Image
बिहिवार, वैशाख ९, २०७८

झापा – झापाको भद्रपुरमा ट्रकले सिटी सफारीलाई ठक्कर दिँदा एक वृद्धा महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका ९ निवासी ६७ बर्षीया गायत्रीदेवी प्याकुरेलले रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।
प्रहरीका अनुसार भद्रपुर १० स्थित मेची राजमार्ग अन्तरगत चाराआली केचना सडक खण्डमा बिहीबार बिहान साढे ९ बजे मे १ क २६७ नम्बरको ट्रकले मे १ ख ६४५८ नम्बरको सिटी सफारीलाई ठक्कर दिएको थियो । ठक्करबाट सिटीमा सवार प्याकुरेल सडकमा लडेको र ट्रकको चक्काले कुल्चिएपछि उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।मृतक प्याकुरेल व्रतबन्धको फूलपाती बिर्सजनका लागि गइरहेकी थिईन् । ट्रक भद्रपुरस्थित दक्षिणकाली प्यालिष्टक उद्योगको रहेको प्रहरीले जनाएको छ । पानीको टंयाकी लोड गरिएको ट्रक चाराआलीतर्फ गइरहेका थिए । यता ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 182

प्रतिक्रिया (०)